आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सिंहदरबारका बरण्डाका कर्मचारीलाई पलिकामा पठाउछौ : मन्त्री मोदी


  • चौतारीपाटी
  • २०७९ फागुन ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३०७ पाठक संख्या
  • विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिंहदरबारका बरण्डामा घुमिरहेका कर्मचारीलाई पालिकाहरुमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सन्चारकर्मीसङ्ग कुराकानी गर्नुहुदै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । “सिंहदरबारका बरण्डा र दरबन्दी नभएका ठाउँमा कर्मचारीहरु के-कति कारणले बसिरहेका छन्, त्यसको कारण खोजेर हामी सवैलाई स्थानीय तहमा पठाउछौ ।” मन्त्री मोदीले भन्नुभयो । हालै बढुवा भएका उपसचिवहरुलाई कसैको कुरा नसुनीकन रिक्त रहेको स्थानीय तहमा खटाएको पनि उहाँले बताउनुभयो । पहाडी इलाकाको दुर्गम क्षेत्रमा कर्मचारी जान नमानिरहेको बताउदै जनताको सेवाका लागि कर्मचारीलाई अनिवार्य रुपमा खटाउने पनि उहाले बताउनुभयो । मन्त्री मोदीले संसदको जारी अधिवेशनमै संघीय निजामती ऐन ल्याउने तयारी भैरहेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट