आज: २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

झापा बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाहकाे प्रयास गरेका छन्।


  • चौतारीपाटी
  • २०७९ फागुन ९, मंगलबार मा प्रकाशित १ साल अघि
  • २४६ पाठक संख्या
  • झापा बिर्तामोडको मुक्तिचोकमा एक युवाले पेट्रोल छर्किएर आत्मदाहकाे प्रयास गरेका छन्। मंगलबार बिर्तामोड ७ का बिजय चौधरीले आत्मदाहकाे प्रयास गरेका हुन्।
    इलाका प्रहरी कार्यलय बिर्तामोडका अनुसार चौधरीले पेट्रोल खन्याएर शरीरमा आगो सल्किए लगत्तै आगो निभाइएको थियो।आगोले पिठ्युँ र ढाड जलेकाले चौधरीलाई अस्पताल भर्ना गरिएको छ।
    प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक समस्याका कारण आत्मदाहकाे प्रयास गरेको बुझिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट