आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

उच्च अदालतले दियो अभिनेता पल शाहलाई सफाइ


  • चौतारीपाटी
  • २०७९ फागुन १४, आईतबार मा प्रकाशित १ साल अघि
  • १७९ पाठक संख्या
  • अभिनेता पल शाहले सफाइ पाएका छन् ।

    जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै उच्च अदालत पोखराले आइतबार अभिनेता शाहलाई सफाइ दिएको हो ।बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता शाहले तनहुँ जिल्ला कारागारमा जेल सजाय काटिरहेका थिए ।

    उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बाल यौन दुरुपयोगको अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । यो फैसलासँगै अभिनेता शाह जेलमुक्त हुने भएका छन् ।

    शाहलाई गत भदौ १० मा नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले बलात्कार अभियोगबाट सफाइ दिएपनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट