आज: २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

७८ यात्रु बोकेर भैरहवा जाँदै गरेको श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट बच्यो


  • चौतारीपाटी
  • २०७९ फागुन २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • २४० पाठक संख्या
  • धावनमार्गबाट उड्ने वित्तिकै इञ्जिनमा आगो लागेको श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको छ । काठमाडौंबाट भैरहवाकाे लागि उडेको जहाज उड्ने वित्तिकै दायाँ इञ्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जानकारी दिए ।

    श्रीको क्यू४०० जहाजले ७८ यात्रु बोकेर काठमाडौंबाट ९:३८ बजे भैरहवा उडेको थियो । तर, एक्कासी इञ्जिनमा आगो देखिएपछि पुनः त्रिभुवन विमानस्थलमै फर्काएर १०:०१ बजे सुरक्षित अवतरण गराइएको हो ।

    आगो देखिएको इञ्जिन अफ गरेर एउटा मात्रै इञ्जिनले जहाज अवतरण गराइएको महाप्रबन्धक तिवारीले बताए । ‘जहाजको इञ्जिनमा देखिएको आगो आकाशमै निभेको थियो’ उनले भने, ‘जहाज सुरक्षित अवतरण भइसकेको छ, सबै यात्रु सकुसल छन् ।’

    श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले पनि सबै यात्रुलाई सकुसल अवतरण गराएको जानकारी दिए । ‘जहाजको इञ्जिनमा कुनै समस्या आयो भने तत्कालै अफ हुने सिष्टम हुन्छ, आज पनि आगो लाग्ने वित्तिकै इञ्जिन अफ भयो र एउटा इञ्जिनको मद्दतले जहाज अवतरण गर्‍यो’ उनले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट