आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

एसवाई प्यानल अब भारतीय बजारमा


  • चौतारीपाटी
  • २०८० श्रावण १७, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ४८४ पाठक संख्या
  • काठमाडौं । नेपालमा सञ्चालन भइरहेको कोरियन कम्पनी एसवाई प्यानलका उत्पादन अब भारतीय बजारमा निर्यात हुने भएका छन् ।

    कम्पनीले उत्पादन गरेका प्रि-फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामग्री भारत निर्यात हुन लागेका हुन् । पहिलो चरणमा भारतको सिक्किममा प्रि-फ्याब घर बनाउनका लागि सामान पठाउन लागिएको छ ।

    त्यहाँ सामान पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ । नेपालमा लोकिप्रियता कमाउँदै गएको कम्पनीको उत्पादनको माग भारतका अन्य सहरबाट पनि भइरहेको छ ।

    एसवाई प्यानल प्रयोग गरी निर्माण गरिएका घर भूकम्पबाट सुरक्षित हुने र वातावरणमैत्री हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ ।

    कोरियन कम्पनी एसवाई प्यानल आठ वर्षदेखि नेपालमा सञ्चालनमा छ । कम्पनीले प्रि-फ्याब घर निर्माणका लागी ईपीएस प्यानल, स्यान्डविच, पफ प्यानलहरु प्यानल डोर स्टिल डोर र यूपीभीसी विन्डो उत्पादन गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट