आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पतालका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

कान्ति बाल अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने- 'आईसीयू बेड थपेर गुणस्तरीय सेवा दिनू'

  • चौतारीपाटी
  • २०७९ माघ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २९५ पाठक संख्या
  • काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पतालका अधिकारीहरूलाई निर्देशन दिएका छन् । मन्त्री गिरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै कान्ति बाल अस्पतालको निरीक्षण गर्न पुगेका थिए ।
    मन्त्री गिरीले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले पछिल्लो समय कान्ति बाल अस्पतालमा आईसीयू बेड नपाउने गरेको गुनासो बढेको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसीयू बेडको संख्या बढाउन पनि निर्देशन दिएका थिए ।

    शीर्षक वा स्तम्भ खोज्नुहोस
    कान्तिपुर अभिलेखालय
    शीर्षक
    गृहपृष्ठ
    समाचार
    अर्थ / वाणिज्य
    विचार
    खेलकुद
    उपत्यका
    कोसेली
    [अरु]
    इ-पत्रिका
    आजको इ-पत्रिका
    Language
    English
    Set language to English (Except News)
    नेपाली
    सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस्
    सेटिंग
    अक्षरको प्रकार:ककक
    Kantipur Daily
    ३ माघ २०७९ मंगलबारTuesday, January 17, 2023

    समाचार
    कान्ति बाल अस्पताल पुगेर स्वास्थ्यमन्त्रीले भने- ‘आईसीयू बेड थपेर गुणस्तरीय सेवा दिनू’
    259
    SHARES
    संग्रह

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार पदभार ग्रहण गर्दै । तस्बिर : हरिराम भेटुवाल, रासस

    माघ ३, २०७९कान्तिपुर संवाददाता
    काठमाडौँ — नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बालबालिकाहरूको गुणस्तरीय उपचारमा कमी हुन नदिन कान्ति बाल अस्पतालका अधिकारीहरूलाई निर्देशन दिएका छन् । मन्त्री गिरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै कान्ति बाल अस्पतालको निरीक्षण गर्न पुगेका थिए ।

    मन्त्री गिरीले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । उनले पछिल्लो समय कान्ति बाल अस्पतालमा आईसीयू बेड नपाउने गरेको गुनासो बढेको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसीयू बेडको संख्या बढाउन पनि निर्देशन दिएका थिए ।
    मंगलबार शपथ तथा पदभार गरेका मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले कान्ति बाल अस्पतालका अधिकारीहरूलाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रुपमा प्राप्त गर्ने प्रतिबद्धता जनाएका थिए । ‘देशको एउटा मात्रै सरकारी बाल अस्पतालमा धेरै बिरामीहरूआउनुहुन्छ तर यहाँभित्र बेड नपाएका कारणले बाहिर जानुपर्ने बाध्यत्मक अवस्था छ, यसलाई अन्त्य गर्न सक्नुपर्छ । जनगुनासो पनि त्यहीँ किसिमले आएको छ । भर्ना गर्नसक्ने अवस्था छैन हामी बाहिर जानुपर्ने र महंगो तिर्नुपर्ने अवस्था छ भन्ने आएको छ,’ उनले भने, ‘यो कुरालाई अन्त्य गर्नुपर्छ । आन्तरिक व्यवस्थापनलाई अधिकतम बालबालिकाको उपचार गर्ने कुरालाई प्राथमिकता दिने गरेर हुनुपर्छ । सरसफाइका समस्या समाधान गर्नुपर्छ । जनशक्तिमा कमी भए हामी पूरा गर्नेछौँ तर आएका बिरामीहरूले राम्रो गरी उपचार पाउनुपर्छ ।’

    मन्त्रालयका कर्मचारीहरूले भने उपकरण र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो गरेका थिए । मन्त्री गिरीले कोही पनि बालबालिकाहरू उपचार गर्न आउँदा उपचार नपाएर बाहिर जाने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट