आज: २०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

मृत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउँछु भन्ने सपना कसैले नदेखे हुन्छ : लालध्वज


  • चौतारीपाटी
  • २०७९ माघ २२, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ९० पाठक संख्या
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ लालध्वजले मृत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउने सपना कसैले नदेखे हुने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मसानघाट पुगेर खरानीमा परिणत भइसकेको मृत राजतन्त्र र हिन्दु राष्ट्र फर्काउछु भन्ने दिवासपना कसैले नदेखे हुन्छ ।’

    राप्रपाका सांसदले बुधबारको प्रतिनिधि सभा बैठकमा हिन्दु राष्ट्र र राजा अनुकुल समयमा फर्काउने दावी गर्दै शुन्य समयमा आफ्नो धारणा राखेपछि नेता लालध्वले यो कुरा बताएका हुन् ।

    पूर्वमन्त्री समेत रहेका लालध्वजले सरकारमा बसेर संविधानको विरुद्धमा बोल्ने कुरा नैतिकता र कानुनी दुवै हिसाबले ठीक नभएको समेत बताएका छन् ।

    त्यसअघि उनले लेखेका छन्, ‘हाम्रो स्पष्ट मान्यता छ, राज्यको कुनै धर्म हुँदैन, अनि कुनै विशेष क्षमता नचाहिने निश्चित वंश भएकै कारण राजा मान्नुपर्ने महाराजहरुको शासन हामीलाई चाहिँदैन । जनताको छोराछोरीले लडेर ल्याएको व्यवस्थामा जनताकै छोराछोरी राष्ट्र प्रमुख हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यो कुरा हामीले २०७२ सालको संविधानमा पनि लिपिबद्ध गरेकै छौँ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु