आज: २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

कर्णालीको विकासमा मन्त्री मोदीको चासो


  • चौतारीपाटी
  • २०७९ फागुन २३, मंगलबार मा प्रकाशित १ साल अघि
  • २०० पाठक संख्या
  • काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन् ।

    मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगल बहादुर शाहीसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् ।

    मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु” मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईहरुको यात्रामा सदैव सँगै हुन्छु तपाईहरुलाई गर्नुपर्ने सहजीकरणमा म सदैव सँगै हुन्छु ।”

    मुख्यमन्त्री शर्माले समृद्ध कर्णालीका लागि आफूहरुले चरणबद्ध रुपमा काम गरिरहेको बताए । आफूहरुको समस्यामा संघीय सरकारको पनि साथ खोजेको मुख्यमन्त्री शर्माको भनाई थियो ।

    भेटका क्रममा मन्त्री मोदी र मुख्यमन्त्री शर्माबीच बधाई ज्ञापन साटासाट समेत भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट