आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’


  • चौतारीपाटी
  • २०८० मंसिर १७, आईतबार मा प्रकाशित ५ महिना अघि
  • १६३ पाठक संख्या
  • जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र लगानी स्वदेशमा उपयोग गर्नु सकारात्मक भएको भन्दै प्रशंसा गरेका छन् ।

    गैरआवासीय नेपालीहरुको लगानी रहेको ‘बेलाको होम अप्लायन्सेस’को जनकपुरस्थित शाखा उद्घाटन गर्दै नेता निधीले विदेशमा सिकेको सीप उपयोगको वातावरण बनाउनका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

    त्यस अवसरमा बेलाको होम अप्लायन्सेसका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले कम्पनीले मधेस क्षेत्रलाई लक्षित गरी शाखा बिस्तार गरिएको बताए । कम्पनीले हाल घरायसी प्रयोगका लागि उत्पादन गरेका विभिन्न ४३ प्रकारका विद्युतीय सामान बिक्री सुरु गरेको र निकट भविष्यमा जनकपुरबाटै ती सामग्रीको उत्पादन सुरु गर्ने उनको भनाइ थियो ।

    ‘बेला’ ब्रान्डका घरायसी सामग्री तथा उपकरण संयुक्त अधिराज्य र कतारमा बिक्री वितरण हुँदै आएकोमा हाल नेपालमा बिक्री सुरु गरिएको कम्पनीका नेपाल प्रमुख लक्ष्मण सापकोटाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट