आज: २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

एसवाई प्यानलद्धारा जाजरकोटमा भूकम्प प्रतिरोधी नुमना घर निमार्ण


  • २०८० माघ २, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ५४३ पाठक संख्या
  • जाजरकोट । जाजरकोट भूकम्प प्रभावितहरुका लागि एसवाई प्यानलले भूकम्प प्रतिरोधात्मक नमुना घर तयार गरेको छ । घर बनाउन इच्छुकहरुका लागि कम्पनीले जाजरकोटको सदरमुकाम खलङ्गामा नमुना घर निमार्ण गरेको हो । उक्त घरमा विदेशी प्रविधिको प्रयोग गरिएको छ । भूकम्प प्रतिरोधात्मक उच्च क्षमता नमुना घरको प्रमुख विशेषता हो । यो घर वातावरण अनुकुलित हुन्छ । जसका कारण चिसोमा धेरै चिसो हुँदैन । र गर्मीमा पनि धेरै गर्मी हुँदैन ।

    भूकम्प प्रभावितहरुको सहजता तथा सुरक्षित आवासका लागि नमुना घर निमार्ण गरेको एसवाई प्यानलले घर निमार्णमा विशेष छुटको योजना समेत ल्याएको छ । भूकम्पका कारण जारकोट, पूर्वी–रुकुम लगायतका क्षेत्रमा धेरै घरमा क्षति पुगेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै कम्पनीले यस्तो योजना अघि सारेको हो । यसै योजना अनुसार सदरमुकाम खलङ्गमा नमुना घर निमार्ण गरिएको हो ।उक्त घरमा ५० एमएमको आरपी वाल प्यानल, र ५० एमएमकै ओरेन्ज कलको छाना प्रयोग गरिएको छ ।२८७ वर्गर्फिटमा बनेको घरमा १०र १० का दुई वटा कोठा निकालिएको छ । उक्त घरकौ लागत १० लाख बराबरको रहेको एसवाई प्यानल नेपालका डाईरेक्टर शसी साहले बताए ।

    उनले भने, “एसवाई प्यानल कोरियन प्रविधि हो । नेपालमा भूकम्प गइरहने भएकाले पनि यो प्रविधि उपयुक्त छ । २०७२ सालको भूकम्प पश्चात नेपालमा भूकम्प प्रतिरोधी घरहरुको आवश्यकता देखिएपछि एसवाई प्यानल नेपालमा पनि स्थापना भएको हो । हजारौ घर एसवाई प्यानल प्रयोग गरि निर्माण भइसकेका छन् । केही दिनअघि जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पनि धेरै घरमा क्षति पुर्यायो । मानविय क्षति पनि धेरै भयो । अब त्यस्तो दुर्गम ठाउँमा पनि भूकम्प प्रतिरोधात्मक घर निर्माण हुनुपर्छ भन्ने हेतुले हामीले यो योजना लिएका हौं।” योजना अन्तर्गत तीन वटा घरको मोडल तयार भएको छ । १० लाख , ८ लाख ९० हजार र ६ लाख गरि ३ वटा घरका मोडेल तयार भएको निर्देशक साहले बताए ।
    जाजरकोट लगायतको भेगमा भूकम्प प्रतिरोधात्मक घरहरु बनाउनको लागी जाजरकोटमा डिलर पनि खोलिएको छ । त्यस क्षेत्रको लागी जाजरकोटको आधिकारिक डिलर जेकेटी गु्रपका प्रतिनिधि दल बहादुर सिंह ९८४८००९२०० लाई सम्पर्क गर्न सकिने छ । भने एसवाई प्यानलका निर्देशक सशी साह ९८५१३३८३२६ अथवा ०१ ४१११७ै४ मा पनि फोन गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    यसरी फिटिङ गरिन्छ आरसिसी घरमा एसवाई प्यानल
    काठमाडौंको बुढानिलकण्ठको पासिकोटमा बनेको आरसिसी घरको भित्ता प्यानल फिटिङ गरिएको छ । एसवाई प्यानल फिटिङ गरेपछि उक्त घर चिटिक्क, सुन्दर दैखिएको छ ।

    अब तपाईको मनमा प्रश्न उठ्न सक्छ, आरसिसी घरमा पनि प्यानल गर्न मिल्छ र ?
    हो मिल्छ, र प्रभावकारी तथा उपयुक्त पनि हुन्छ । आरसिसीको घरमा प्यानल फिटिङ गर्दा घर राम्रौ देखिनुको साथै छिटो पनि निर्माण हुन्छ र कोठाहरुको क्षेत्रफल पनि बढ्छ ।

    पासिकोटमा निमार्ण गरिएको घरका मालिक तिलक पाण्डैले पुरानो आरसिसीको घरलाई पुननिमार्ण गरि प्यानलको घर बनाउँदा युरौपमा बनैकौ भन्ने घरजस्तो देखिएको बताउछन्  । उनले भने , “कोरियामा पनि प्यानलका घरमा बस्दै आएको थियो । नेपालमा पनि प्यानलकै घर बनाउन रुचि थियो । यहाँ भूकम्पको जोखिम धेरै हुने भएकाले प्यालनको घर अझ बढि प्रभावकारी हुन्छ । यो घरमा बस्दा चिसो मौसममा पनि तातो महसुस हुन्छ । गर्मीमा पनि धेरै गर्मी हुँदैन । यो कुरामा कोरियामा बस्दा थाहा पाएको थिए । त्यसैले यहाँ घर बनाउन एसवाई प्यानल नै रोजेको हँु । अहिले घर हेर्दा विदेशी घर जस्तो लाग्छ । पुरानो आरसिसी घर थियो । त्यसलाई पुननिमार्ण गरेका प्यानलको वाल थपेपछि त सुनमा सुगन्ध थपेजस्तो भएको छ । भूकम्प आएपनि डर छैन । घर बलियो भएपछि डर लाग्ने कुरै भएन ।

    उनको घरमा काठ कलर जस्तो देखिने वुडन वाल प्यानल ७५ एमएमको राखिएको छ । त्यस्तै छानामा मरुन कलरको ५० एमएमको प्यानल राखिएको छ । भने झ्यालमा एसवाई प्यानको नै युपिभिसिको झ्याल राखिएको छ ।

    यसबाट पुष्टि हुन्छ कि आरसिसी भित्ता पनि प्यानल प्रयोग गर्न सकिन्छ । पिलरहरु ढलान गरि वालमा प्यानल प्रयोग गर्दा त्यसको मजबुती दुई गुणा बढ्छ ।यसो गर्दा घरलाई धैरै भार पनि नहुने र घर फोहोर पनि नहुने हुँदा यो धेरे उपयुक्त हुने एसवाई प्यानलका मार्केटिङ अफिसर रविन श्रेष्ठले बताए ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट