आज: २०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

आठ सय ५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


  • चौतारीपाटी
  • २०८० फागुन ८, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ११५ पाठक संख्या
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।

    अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

    नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति फ्लाई दुबई उडानद्वारा दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको थियो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको  नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट