आज: २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

‘गणतन्त्रको मूल मर्मलाई आत्मसात गरी रेडियो नेपालले समाचार सामग्री सम्प्रेषण गर्नुपर्छ’


  • चौतारीपाटी
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • ९१ पाठक संख्या
  • काठमाडौँ  ।    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मलाई आत्मसात् गरी रेडियो नेपालले समाचार, कार्यक्रम र सन्देश सम्प्रेषण गर्नुपर्ने बताएका छन्  ।
    रेडियो नेपालको ७४आँै वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले रेडियो नेपालले गाउँ, सहर र  दूरदराजका बस्तीसम्म पुगी युग सुहाउने सूचना र सञ्चारको भरपर्दो, निष्पक्ष, स्वतन्त्र र प्रभावकारी माध्यम बन्नसक्नुपर्ने बताए ।
    नेपाल सरकारको शतप्रतिशत भूभागमा रेडियोको पहुँच पु¥याउने लक्ष्यअनुरुप हालसम्म ९३ प्रतिशत जनसङ्ख्यामा पहुँच पु¥याउन सफल भएको सुन्दा खुसी लागेको उल्लेख गर्दै मन्त्री शर्माले बाँकी जनसङ्ख्यामा प्रसारण पहुँच वृद्धि गर्न कटिबद्ध भएर लाग्न आग्रह गरे । संवैधानिक मर्मलाई आत्मसात् गर्दै रेडियो नेपालले प्रादेशिक प्रसारणमा प्राथमिकता दिँदै आएको भन्दै उनले अब रेडियो नेपालले प्रादेशिक प्रसारणको समय अवधि बढाउनतिर ध्यान दिन आवश्यक रहेको बताए ।
    “हालसम्म २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण गरेर देशको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई सम्बोधन गर्नु समावेशिताको महत्वपूर्ण फड्को नै हो”, उनले भने, “आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रसारण उन्मुख समाचार र कार्यक्रम उत्पादन तथा प्रसारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ ।”
    मन्त्री शर्माले २००७ सालको क्रान्तिको जगबाट स्थापित अग्रणी प्रसारण संस्था रेडियो नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आइरहेको बताए । राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले जनक्रान्तिका उपलब्धिको रक्षा र विकास गर्दै बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताए ।
      सूचना प्रविधिको विकासले सञ्चारका माध्यममा विविधता आएको भए पनि अझै रेडियोप्रतिको आकर्षण नघटेको उल्ल्ेख गर्दै मन्त्री शर्माले अहिले पनि देशभरि र खासगरी ग्रामीण क्षेत्रका आम जनताको घरघरमा,  मेलापात र गोठालो जाँदाको साथी रेडियो नेपाल नै बन्ने गरेको स्मरण गरेका छन्  । “टेलिभिजन र इन्टरनेटको पहुँचभन्दा बाहिरका स्रोतालाई सूचना र मनोरञ्जन दिने मात्र होइन, इन्टरनेटको पहुँचमा रहेका स्रोतालाई क्षणक्षणमा अनलाइन ‘पोर्टल’मार्फत सूचित गर्ने काम पनि रेडियो नेपालले गरिरहेको छ”, उनले भने, “रेडियो नेपाल गाउँ–सहरका स्रोताको सूचना र मनोरञ्जनको सबैभन्दा भरपर्दो माध्यमका रुपमा स्थापित भइरहनु हाम्रा लागि गौरवको विषय हो ।”
    मन्त्री शर्माले हिमाल, पहाड र तराईको भौगोलिक विविधतालाई आत्मसात् गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकको मूल्यबोधसहित रेडियो नेपालले मन र माटोलाई जोड्न अझै प्रभावकारी कार्यक्रम उत्पादन गर्नुपर्नेमा जोड दिए । “कला, साहित्य, गीत, सङ्गीत, भाषा, संस्कृति, ज्ञान, विज्ञान तथा सूचना प्रविधिको खोज, विकास र विस्तारलाई थप प्रवद्र्धन गर्नु रेडियो नेपालको अभीष्ट बन्नुपर्छ”, उनले भने ।
    जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको जनाउँदै मन्त्री शर्माले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व ऐतिहासिक उपलब्धि भएका बताए । प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको उनको भनाइ छ ।
    मन्त्री शर्माले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताए । “पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण प्रकाशनमा जोड दिन आवश्यक छ”, उनले भने ।
    मन्त्री शर्माले आजको प्रतिस्पर्धी युगमा रेडियो नेपालले समय सुहाउँदो नवीनतम् प्रविधि उपयोग गर्दै अझ निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय र भरपर्दो समाचार तथा थप समावेशी र जनपक्षीय कार्यक्रम उत्पादन र प्रसारणमा ध्यान दिन निर्देशन दिए । “बदलिँदो समय, प्रतिस्पर्धा र राष्ट्रिय दायित्व समेतलाई हेरेर रेडियो नेपालले आफ्ना कार्यक्रम, समाचार तथा प्रसारण सामग्रीहरुलाई अझ सार्वजनिक प्रसारणमुखी बनाउनुपर्छ”, उनले भने ।
    सञ्चार मन्त्रालयका सचिव एवम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले रेडियो नेपाल र टेलिभिजनलाई सार्वजनिक प्रसारण संस्थाका रूपमा विकास गरिने सरकारको लक्ष्य रहेको बताए । उनले सूचनाको हकको प्रत्याभूति गर्ने, सुशासनको पक्षमा अभियान सञ्चालन गर्न तथा शिक्षामूलक, विकासमूलक, जनचेतनामूलक कार्यक्रमलाई रेडियो नेपालले प्राथमिकता दिनुपर्ने बताए ।
    रेडियो प्रसार सेवा विकास समितिका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले मिडियम वेभ, एफएम, अनलाइन र डिजिटल प्लेटर्फममार्फत चौबिसै घण्टा प्रसारण सञ्चालन गरी २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रमसमेत प्रसारण गर्दै आएको बताए । उनले देशका विभिन्न भूगोलको ३२ स्थानमा एफएम रिलेकेन्द्र स्थापना गरी आफ्नो प्रसारण कूल जनसङ्ख्याको ९३ प्रतिशत जनतामाझ पु¥याउन सफल भएको जानकारी दिए ।
    सो अवसरमा मन्त्री शर्मा र सञ्चार सचिव सुवेदीले संयुक्त रुपमा रेडियो नेपालले प्रकाशन गरेको विमोचन गर्नुभएको थियो । मन्त्री शर्माले रेडियो प्रसारण तथा सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावलाई रेडियो नेपाल राष्ट्रिय सम्मान प्रदान गरे ।
    कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक तथा वर्ष उत्कृष्ट कर्मचारी र उत्कृष्ट रिले स्टेसनलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रव्यापी खुला आधुनिक गीत–सङ्गीत प्रतियोगितामा प्रथम हुनुभएका मिलन परियारले आफ्नो गीत प्रस्तुत गरेका थिए । सो प्रतियोगितामा ४८ कलाकारले सहभागिता जनाएका थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट