आज: २०८२ अषाढ २८, शनिबार | Sat, 12, Jul, 2025

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता


  • चौतारीपाटी
  • २०७९ पौष २५, सोमबार मा प्रकाशित २ साल अघि
  • ५३६ पाठक संख्या
  • पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ ।
    विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ । जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । । त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए ।
    नेपाली विजयी टोलीलाई बधाइ दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । केही दिनअघि मात्रै उनी अनौपचारिक भ्रमणको क्रममा नेपाली खेलाडीहरूलाई हौसला दिन इन्डोनेसिया गएका थिए ।

    नेपाली टिमको सफलतामा खुशी मनाउन नेपालका अनलाइन गेमिङ समुदायले भोली (२५ पुस) काठमाडौंमा र्‍याली आयोजना गर्ने भएका छन् । ‘नेपाली समूहले दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेकोमा हामी खुशी छौं,’ नेपाली अनलाइन गेमर प्रदीप अधिकारी भन्छन्, ‘यो नेपाली अनलाइन गेमर मात्र नभएर देशकै लागि गर्वको कुरा हो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट