आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

राष्ट्रिय टोलीका पाँच फुटबलर पलायन


  • चौतारीपाटी
  • २०७९ माघ ७, शनिबार मा प्रकाशित १ साल अघि
  • २६६ पाठक संख्या
  • नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम रोकिएको छैन । फुटबल विकास र प्रोफेसनालिजम केवल कागजमै सीमित भएपछि खेलाडीले आफ्नो भविष्य सुरक्षित बनाउन अस्ट्रेलियालाई पहिलो रोजाइमा राखेका छन् । फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल विकासको दीर्घकालीन योजना लागू गर्न नसक्नु र घरेलु प्रतियोगितालाई समेत निरन्तरता प्रदान गर्न नसक्दा खेलाडी प्रत्येक महिनाजसो विदेश भासिरहेका छन् । फुटबल खेलाडी विदेश पलायनलाई राम्रो मानिएको छैन ।
    अप्रत्यक्ष रूपमा यसले नेपाली राष्ट्रिय टोलीलाई मात्र नभएर घरेलु क्लबले समेत ठूलो नोक्सानी सामना गर्नुपर्ने स्थिति सिर्जना भएको छ । अहिले लगभग राष्ट्रिय टोलीमा रहेका युवा खेलाडी अस्ट्रेलिया पुगेका छन् । लगभग ३० जनाभन्दा धेरै खेलाडीले नेपाल छाडेर अस्ट्रेलियामा आफ्नो भविष्य निर्माण गरिरहेका छन् ।
    यस साता नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी २४ घन्टाको अन्तरमा अस्ट्रेलिया पुगे । गत मंगलबार तीन नियमित सदस्य तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलियातर्फ लागे । त्यसको भोलिपल्ट (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकर रन्जन विष्ट र अट्याकिङ मिडफिल्डर नीतिन थापा पनि समुद्रपारिको देश अस्ट्रेलिया पुगे । तेज, दिनेश, गौतम, रन्जन र नीतिनले नेपालाई दक्षिण एसियाली खेकलुद (साग)मा स्वर्ण पदक दिलाएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट