आज: २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

म्याराथनको उपाधि दीपक र फूलमतीलाई


  • चौतारीपाटी
  • २०७९ माघ ७, शनिबार मा प्रकाशित १ साल अघि
  • २८७ पाठक संख्या
  • काठमाडौं । दोस्रो संस्करणको ‘राइ टु प्रोटिन रन’अन्तर्गत हाफ म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका दीपक अधिकारी र महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ)की फूलमती रानाले जितेका छन् ।
    शनिबार बिहान दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथनमा दीपकले निर्धारित दूरी एक घण्टा पाँच मिनेट आठ सेकेन्डमा पूरा गर्दै उपाधि उचाले । फूलमतीले निर्धारित दूरी एक घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि चुमिन् ।
    यो स्पर्धाका पुरुष र महिला दुवैतर्फका विजेताले नगद एक लाख रुपैयाँ पुरस्कार पाए ।
    नेपाल भेटनरी एसोसिएसनले प्रतियोगिता आयोजना गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट