आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महिला टी–२० आई सिरिज : नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै


  • चौतारीपाटी
  • २०८० भाद्र ५, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • १६४ पाठक संख्या
  • काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।

    केहीबेर अघिसम्मको खेलमा हङकङले १४ ओभरमा चार विकेटको क्षतिमा ६६ रन बनाएको छ । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाइन ।

    बलिङतर्फ नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्री बेलबासेले एक÷एक विकेट लिएका छन् ।

    नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य रहेका छन् ।

    आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेल्न लागेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट