आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डेंगु संक्रमित खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार


  • चौतारीपाटी
  • २०८० भाद्र ११, सोमबार मा प्रकाशित ११ महिना अघि
  • १४२ पाठक संख्या
  • काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।

     

    मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।

    मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा।ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट