आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

टी-२० विश्वकप छनोट : मलेसियामाथि नेपालको रोमाञ्चक जित


  • चौतारीपाटी
  • २०८० भाद्र १४, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • २२४ पाठक संख्या
  • काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालकाे सेमिफाइनल सम्भावना मजबुत बनेको छ ।

    नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

    मलेसियाको लागि कप्तान विनीफ्रेड दुराईसिंघमले ३९ बलमा १ चौकासहित सर्वाधिक २८ रन बनाइन् । ओपनर ऐना आमिजाह १४, वान जुलिया वान रोशी २ र मास एलिसा १० रनमा आउट भइन् ।

    बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

    त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपाली सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा रहिन् ।

    मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट