आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आइसीसी महिला टि २० विश्वकप छनोट : बहराइनसँग टस हारेको नेपाल फिल्डिङ गर्दै


  • चौतारीपाटी
  • २०८० भाद्र १५, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • १६८ पाठक संख्या
  • काठमाडौँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ ।

    मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो ।

    नेपालको प्लेइङ ११ मा कप्तान रुविना क्षेत्रीसहित काजोल श्रेष्ठ, अप्सरी बेगम, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, अश्मिना कर्माचार्य र खुसी डङ्गोल छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट