आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख संकलन


  • चौतारीपाटी
  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित १0 महिना अघि
  • २३४ पाठक संख्या
  • फुङ्लिङ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रुपैयाँ  संकलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन भएको हो ।

    सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलबाट ६ लाख ५५ हजार ८०० संकलन भएको हो ।

    सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क २०० रुपैयाँ र क्वाटरफाइनलका लागि १०० टिकटदर निर्धारण गरिएको थियो । आज हुने फाइनल खेलका लागि पनि २०० टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

    वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट