आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा


  • चौतारीपाटी
  • २०८० आश्विन ५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • २२३ पाठक संख्या
  • बैतडी  ।   तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो ।
    प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । उनका अनुसार द्धितीय पुरस्कार रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
    कात्तिक पहिले सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्ध सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताए । बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उनको भनाइ थियो ।
    यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ ।
    प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ), पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट