आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै


  • चौतारीपाटी
  • २०८० कार्तिक १, बुधबार मा प्रकाशित ९ महिना अघि
  • १३२ पाठक संख्या
  •  

    काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल युएईसित खेल्ने भएको छ ।

    टी–२० मा नेपाल र युएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

    नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम)ढकाल रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट