आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल सुपर लिग : ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै


  • चौतारीपाटी
  • २०८० मंसिर १३, बुधबार मा प्रकाशित ८ महिना अघि
  • १६४ पाठक संख्या
  • काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुने छन् ।

    यसअघि प्रतियोगिताको पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसविरुद्ध २-० को जित निकालेको थियो भने पोखराले पहिलो खेलमा एफसी चितवनलाई १-० ले हराएको थियो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ ।

    प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट