आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल सुपर लिग : वीरगञ्ज र चितवन भिड्दैँ


  • चौतारीपाटी
  • २०८० मंसिर १५, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ९७ पाठक संख्या
  • काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज विरगञ्ज युनाइटेड एफसी र एफसी चितवनबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

    दुवै टिम पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् । विरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग २–१ ले पराजित भएको थियो ।

    चितवनको भने जारी प्रतियोगितामा यो तेस्रो खेल हो । चितवनले पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

    दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौं स्थानमा छ । अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ । लगातार दोस्रो जित निकालेको धनगढी एफसी ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट