आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल सुपर लिगमा आज ललितपुर र वीरगञ्ज भिड्दै


  • चौतारीपाटी
  • २०८० मंसिर १९, मंगलबार मा प्रकाशित ७ महिना अघि
  • १७७ पाठक संख्या
  • काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

    नवप्रवेशी टोली वीरगञ्ज आजको खेलबाट पहिलो जित निकाल्न चाहन्छ । यसअघि दुई खेल खेलेको उसले दुवै खेल हारेको थियो ।

    दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगञ्ज धनगढी एफसी र एफसी चितवनसँग समान २–१ ले पराजित भएको थियो । ऊ आज तेस्रो खेल खेल्दै पहिलो जितको खोजीमा छ ।

    यता ललितपुर एफसी चौथो खेल खेल्दै छ । ३ खेल खेलेको ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

    ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । हाल ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट