आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल सुपर लिग: आज चितवन र धनगढी भिड्दै


  • चौतारीपाटी
  • २०८० मंसिर २८, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • १८७ पाठक संख्या
  • काठमाडौँ – राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

    यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो। वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। खेलमा सुरुआती अग्रता भने इलामले लिएको थियो। इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन्।

    तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। वीरगञ्जका भीषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जित पक्का गरे।

    खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो।  जितसँगै वीरगञ्जको ५ खेलमा ५ अङ्क छ भने इलामको ६ खेलमा ४ अङ्क रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट