आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल सुपर लिग : आज झापा र ललितपुर भिड्दै


  • चौतारीपाटी
  • २०८० मंसिर २९, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • ११० पाठक संख्या
  • काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

    यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको थियो । धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो ।

    जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ । त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ । चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट