आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025

प्रम कप क्रिकेट : कर्णालीलाई १६१ रनको लक्ष्य


  • चौतारीपाटी
  • २०८० पौष ११, बुधबार मा प्रकाशित १ साल अघि
  • ३१३ पाठक संख्या
  • काठमाडौं  प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशलाई १ सय ६१ रनको विशाल लक्ष्य दिएको छ।

    कीर्तिपुर मैदानमा आज बिहान टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो।

    एपीएफका राजमति ऐरी र ममता चौधरीले अर्धशतक पूरा गरे। ऐरीले ६७ रन बनाउँदा चौधरी ६२ रन बनाएर आउट भइन्। रोमा थापा १४ रनमा नटआउट हुँदा मन्जु बोगटी एक रन बनाएर क्रिजमा रहिन्।  कर्णालीकी तृष्णा विश्वकर्माले एक विकेट लिइन्।

    आज मुलपानी मैदानमा भएको अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई १ सय ४ रनको लक्ष्य दिएको छ।

    टस  जितेको कोशीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनायो। कोशीका विमला मल्लले २ तथा लकिता राजवंशीले २२ रन बनाइन भने संगिता राई २३ रनमा नटआउट रहिन्। गण्डकीकी कुशुम गोदार र सृष्टी जैसीले समान २–२ विकेट लिए।

    आजै दिउँदो सवा १ बजे किर्तिपुर मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने मुलपानी मैदानमा सोही समयमा मधेश र सुदूरपश्चिम भिड्ने छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट