आज: २०८१ कार्तिक २२, बिहिबार | Thu, 07, Nov, 2024

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ११५ रनको लक्ष्य


  • चौतारीपाटी
  • २०८० पौष १८, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १२५ पाठक संख्या
  • काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एपीएफ क्लबले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको हो ।

    एपीएफ क्लबका लागि इन्दु बर्माले अर्धशतकीय पाली खेलिन् । उनले ५३ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी इन्दुले केवल ४७ बलको सामना गरी एक छक्का र ६ चौका पनि हिर्काएकी थिइन् ।

    त्यसअघि ओपनर ज्योति पाण्डेले पनि टोलीका लागि २७ रनको योगदान गरेकी थिइन् । उनले ३० बलमा तीन चौका पनि हिर्काइन् । कप्तानसमेत रहेकी ओपनर सीता रानामगर भने आठ बलमा एक रन बनाउँदै पेभेलियन फर्किइन् ।

    चौथो नम्बरकी ब्याटर रोमा थापाले १५ बलको सामना गरी टोलीको खातामा १४ रन थपेकी थिइन् । ममता चौधरीले तीन रन बनाइन् । सरिता मगर नौ रनमा अविजित रहिन् । करुणा भण्डारीले अविजित दुई रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पाँच रनमात्र पाएको थियो ।

    कोशी प्रदेशकी बलर अप्सरी बेगमले तीन विकेट लिइन् । उनले चार ओभरमा २१ रन खर्चिइन् । एलिसा खडियाले पनि दुई विकेट हात पारिन् । उनले चार ओभरमा १५ रन खर्चिएकी थिइन् । रुविना क्षेत्री र निशा शाहले पनि एक–एक विकेट हात पारे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट