आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एएफसी एसिया कप : भारत समूह चरणबाटै बाहिरियो


  • चौतारीपाटी
  • २०८० माघ १०, बुधबार मा प्रकाशित ६ महिना अघि
  • १८२ पाठक संख्या
  • काठमाडौं । दक्षिण एसियाली राष्ट्र भारत कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह बीमा रहेको भारत तीन वटै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

    समूह चरणको अन्तिम खेलमा भारत सिरियासँग १–० गोल अन्तरले स्तब्ध भएको थियो । ७६ औँ मिनेटमा इब्राहिम हेसरको पासमा ओमर खर्बिनले गोल गर्दै अग्रता दिलाए ।

    सोही अग्रता अन्तिमसम्म कायम राख्दै सिरियाले स्पष्ट ३ अङ्क जोड्न सफल भयो । यस्तै, मंगलबारै भएको अर्को खेलमा अस्ट्रेलिया र उज्बेकिस्तानले एक एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

    बराबरीले अस्ट्रेलिया शीर्ष तथा उज्बेकिस्तान दोस्रो स्थानमा रहेर अन्तिम १६मा प्रवेश गरे । भारतलाई पराजित गरेको सिरिया ४ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेकाले उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बाँकी नै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट