आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा गण्डकीलाई ३३६ रनको लक्ष्य


  • चौतारीपाटी
  • २०८० माघ ११, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १४६ पाठक संख्या
  • काठमाडौँ  ।    प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले । उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए । यस्तै अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित ६३ रन बनाए । रुपेश सिंहले ४७, पवन सर्राफले ४०, रुपेश सिंहले ३२, अभिशेख तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए ।
    बलिङतर्फ गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक एक विकेट लिए । अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ । उसले सात ओभरमा ४२ रन बनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट