आज: २०८२ जेष्ठ ८, बिहिबार | Thu, 22, May, 2025

कतार एशियन कपको सेमिफाइनलमा


  • चौतारीपाटी
  • २०८० माघ २१, आईतबार मा प्रकाशित १ साल अघि
  • २३७ पाठक संख्या
  • काठमाडौं । आयोजक कतार एशियन कपको सेमिफाइनलमा पुगेको छ।गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो।

    यस अघि ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ।

    योसँगै अब एशियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र् दक्षिण कोरिया पुगेका छन्।अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट