आज: २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

कुवेतविरुद्ध नेपाल फिल्डिङमा, कविताले लिइन् पहिलो विकेट


  • चौतारीपाटी
  • २०८० फागुन २, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ८० पाठक संख्या
  • मलेसिया । मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० आई प्रतियोगिताको क्वाटरफाइनल कुवेतविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ । नेपाल र कुवेतबीचको खेल बिहान ११ः१५ देखि मलेसियाको बांगीमा भइरहेको हो ।

    खेलमा नेपाललाई पहिलो सफलता कवित कुँवरले दिलाएकी छन् । उनले २।१ ओभरमा जिफा जिलानीलाई २ रनमा क्याच गराइन् ।

     

    जारी प्रतियोगितामा नेपाल अपराजित छ । समूह ‘डी’ विजेता नेपालले ग्रुप स्टेजमा हङकङ र भुटानलाई ८र८ विकेट तथा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । नेपाल क्वाटरफाइनलमा कुवेतविरुद्ध पनि सहज जित निकाल्न चाहन्छ ।

     

    हालसम्म नेपाल र कुवेतले चार टी–२० आईमा एकअर्काको सामना गरेका छन् । जसमा नेपाल अपराजित छ । यी दुई टिमले पछिल्लोपटक गत वर्ष खेलेका थिए । २३ अगस्टमा भएको सो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।

    जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट