आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विश्वकप क्रिकेट लिग : नेदरल्यान्ड्सको शानदार जित


  • चौतारीपाटी
  • २०८० फागुन ७, सोमबार मा प्रकाशित ५ महिना अघि
  • १४५ पाठक संख्या
  • काठमाडौँ  ।   आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खलाअन्र्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो ।
    समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ । पहिलो खेलमा नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो ।
    नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ८१ बल खेल्दै आठ चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी म्याक्स ओडोउडले २८ रन बनाउदा बास डी लिडेले अविजित २१ रन बनाए ।
    नामिबियाका लागि कप्तान जेर्रार्ड एरास्मसले तीन विकेट  लिए ।
    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको थियो । नामिबियाका लागि जेजे स्मिथले २६, जान ग्रिनले १९, रुबेन ट्रम्पलम्यानले २०, निकोलस डाभिन र कप्तान जेर्रार्ड एरास्मसले समान  १३र१३ तथा वेर्नार्ड स्कोल्ट्जले १२ रन बनाए ।
    नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले छ विकेट लिए भने  कायल केलिनले दुई विकेट झारे । त्यस्तै रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक÷एक विकेट झारे ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट