आज: २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

क्यानडा- ११ माथि नेपाल ए २ विकेटले विजयी


  • चौतारीपाटी
  • २०८० फागुन ८, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ११० पाठक संख्या
  • काठमाडौँ। नेपाल ए ले क्यानडा- ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछाएको नेपाल ए ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए । बशीरले अविजित रहदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए  ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो ।

    क्यानडाका लागि श्रेयस मोभ्भाले सर्बाधिक ६८ रन बनाएका थिए । त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए ।

    त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए ।

    यो नेपाल ए टिमको पहिलो जित हो । यो जितपछि नेपाल ए ले क्यानडा-११ बीचको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल विहिबार हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट