आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालले पाँचौँ विकेट गुमायो, रोहित पौडेल बाहिरिए


  • चौतारीपाटी
  • २०८० फागुन ९, बुधबार मा प्रकाशित ५ महिना अघि
  • १५९ पाठक संख्या
  • काठमाडौं।  आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ।  त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नेपालले पाँच विकेट गुमाएको ९ बल खेल्दै कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्।

    चौथौ विकेट आशिफ शेख ५८ रन  बनाएर आउट भए।  उनले ६४ बल खेल्दै ८ चौका र एक छक्का हानेका थिए।

    ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए।  त्यस्तै देव खनाल पनि शून्यमा आउट भए।

    जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ। पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सोही हारको बदला लिने अवसर छ।

    दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७  विकेटको हार बेहोरेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट