आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालले नामिबियालाई दियो १६९ रनको सामान्य लक्ष्य


  • चौतारीपाटी
  • २०८० फागुन ९, बुधबार मा प्रकाशित ५ महिना अघि
  • १४३ पाठक संख्या
  • काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नामिबियालाई १६९ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा १६८ रन बनाएको हो।

    नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए। उनले आउट हुनुअघि ६४ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।

    यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन बनाउँदा कुशल भुर्तेल १८ रन बनाएर आउट भए। अनिल साह पनि आज शून्यमा आउट भए।

    कप्तान रोहित ९ बल खेलेर शून्यमा आउट भए। उनलाई नामिबियाका लोप्टिइटनले क्याच आउट गराए। यसघि अनिल शाह र देव खनाल पनि खाता नखोली आउट भएका थिए। नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट