आज: २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य


  • चौतारीपाटी
  • २०८० फागुन १५, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • १८७ पाठक संख्या
  • काठमाडौं  ।   त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले नेपाललाई२०७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो।

    नामिबियाका लफ्टी इटनले सतकीय पारी खेले। उनले ३४ बलमा सतक पूरा गरे। उनी ३६ बलमा १०१ रन बनाउँदै अविनाश बोहराको बलमा आउट भए।नामिबियाका इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन्। कुशलले चीनमा मंगोलिया विरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए।

    यस्तै नामिबियाका मलान क्रुगरले ४८ बल खेल्दै ५९ रन बनाए। उनले ६ चौका र २ छक्का प्रहार गरे।नामिबियाका मिचेल भान लिंगेनले २० रन बनाए भने जेपी क्रोज ११ रन बनाएर आउट भए।नेपालका कप्तान रोहित पौडेलले नामिबियाको दुई विकेट लिए। यस्तै अविनाश बोहरा र करन केसीले १/१ विकेट लिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट