आज: २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

नामिबियासँग हार्‍यो नेपाल


  • चौतारीपाटी
  • २०८० फागुन १५, मंगलबार मा प्रकाशित २ महिना अघि
  • १३४ पाठक संख्या
  • काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाल पराजित भएको छ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

    कीर्तिपुरमा २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदा १८६ रन मात्र जोड्न सक्यो ।
    दीपेन्द्रसिंह ऐरीले ४८, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रनको पारी खेले पनि टीमलाई जीतसम्म डोहोर्‍याउन सफल भएनन् ।यसअघि जान निकोल लोफ्टीले छिटो शतकको कीर्तिमान आफ्नो नाममा लेखाउने क्रममा विस्फोटक शतकीय पारी खेलेका थिए ।३३ बलमा सय रन पूरा गरेका उनी १०१ रनमा आउट भए । नेपालका लागि रोहित पौडेलले २, अविनाश बोहराले १ तथा करण केसीले १ विकेट लिए ।शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले एकअर्कासँग खेल्नेछन् । यसअघि आईसीसी विश्वकप क्रिकेट लीग टुमा नेपाल ४ मध्ये ३ खेलमा पराजित भएको थियो । नामिबियासँग दुवै खेलमा नेपाल पराजित भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट