आज: २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

नेपालले एक सय ८५ रनको लक्ष्य पायो


  • चौतारीपाटी
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित २ महिना अघि
  • ७५ पाठक संख्या
  • काठमाडौँ   ।    त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनायो ।
    नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए ।
    स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।
    बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट