आज: २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

नामिबियाविरुद्ध नेपालको सङ्घर्षपूर्ण जित


  • चौतारीपाटी
  • २०८० फागुन १८, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • २७३ पाठक संख्या
  • काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै केबल १ सय ७७ रनमा समेटियो ।

    नामिबियाका जेजे स्मिटले ५० रन प्रहार गरे । त्यसैगरी, जान फ्राइलिङ्कले ३७ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । खेलमा कुशल मल्लले ५५ रन बनाए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट