आज: २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य


  • चौतारीपाटी
  • २०८० फागुन २२, मंगलबार मा प्रकाशित २ महिना अघि
  • ८२ पाठक संख्या
  • काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८४ रन जोड्यो।

    नेपालका आसिफ शेख ४७, गुल्सन झा ३४, कुशल मल्ल २६, रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके। आरिफ शेखले खाता खोल्न सकेनन्।

    पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे।

    गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो। १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर एक सय ५८ रन जोडेको नेपालको त्यसपछि १० रनको अन्तरमा ४ विकेट गुमेपछि रनको गति घटेको थियो।

    नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २र२ विकेट हात पारे।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट