आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

हल व्यवसायीसँग वार्ता गर्न निर्माता संघले बनायो समिति


  • चौतारीपाटी
  • २०७९ माघ २, सोमबार मा प्रकाशित १ साल अघि
  • २३९ पाठक संख्या
  • काठमाडौं । चलचित्र निर्माता संघले प्रदर्शकहरुको संस्था चलचित्र संघसँग वार्ताका लागि महासचिव सुनिलकुमार थापाको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।

    सोमबार बसेको संघको कार्यसमिति बैठकले वार्ता समिति गठन गर्दै गत गत शुक्रबार सम्पन्न निर्माताको भेलाबाट प्राप्त सुझावलाई वार्तामा टेबुल गर्न समेत भनेको छ ।

    वार्ता टोलीमा सचिव किसन पोखरेल, कार्यसमिति सदस्यहरु ज्ञानेन्द्र देउजा, दीपकराज गिरी, खगेन्द्र लामिछाने, किरण नेपाली र रामबाबु गुरुङ छन् । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष नवल खड्काले हालैको राष्ट्रिय भेलाबाट प्राप्त सुझावलाई आफूहरुले वार्तामा एजेण्डाको रुपमा प्रस्तुत गर्ने बताए । जतिसक्दो चाँडो वार्ता गर्ने तयारीमा आफूहरु रहेको उनले बताए ।

    अध्यक्ष खड्काका अनुसार चलचित्र संघसँगको वार्तामा हलसँगको सेयर बाँडफाँट तथा ट्रेलर, पोस्टर, सर्भर इनकोडिङ शुल्क लिइएको विषयमा छलफल हुनेछ । ‘नेपाली फिल्मलाई प्रदर्शनको प्राथमिकतामा राख्न समेत हामीले आग्रह गर्नेछौं,’ खड्काले भने, ‘सौहार्द्धपूर्ण वातावरणको तयारी छ । माग पूरा नभए कठोर परिस्थितिमा अघि बढ्नुपर्ने हुन्छ ।’

    चलचित्र संघले चाहिं महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा यसअघि नै वार्ता टोली गठन गरिसकेको छ ।

    यसैबीच, निर्माता संघले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट