आज: २०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

नेपालको अर्थतन्त्रमा पनि मन्दीको संकेत देखियो : गभर्नर अधिकारी


Thumbnail
  • चौतारीपाटी
  • २०७९ पौष २४, आईतबार मा प्रकाशित १ साल अघि
  • ३५४ पाठक संख्या
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले विश्वको अर्थतन्त्र नै अहिले मन्दीमा रहेकोले त्यसको संकेत नेपालमा पनि देखिन थालेको धारणा राखेका हुन् ।

    उनले निरन्तर मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर गएको बताउँदै नेपाली अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको धारणा राखेका हुन् । उनले सबै निकायहरुले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतिलाई परास्त गर्नु पर्ने धारणा राखेका हुन् ।
    ‘अहिले मुल्य स्थीरता कायम गर्नु पर्ने, वाह्य क्षेत्रको दबाव कायमै छ, वित्तीय स्थीरता कायम गर्नु पर्ने पनि चुनौति छ, यसमा सबै निकाय लाग्नु पर्नेछ, केही सुधार गर्नु पर्ने आवश्यक छ, सहकार्य र समन्वय सबैको आवश्यक छ,’ उनले कार्यक्रममा भने ।

    यस्तै, पुर्व अर्थमन्त्री डा. युवराज खतिडाले आफुले बैंकमा पैसा राख्दा डुब्दैन भनेर जनतालाई विश्वास दिलाएको बताएका छन् । आइतबार सम्पन्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभामा खतिवडाले यस्तो बताएका हुन् ।

    यस्तै, कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो एक दशकमा नेपाली वित्तिय प्रणालीमा धेरै विकास भएको बताए ।

    पछिल्लो एक दशकमा धेरै प्रगति भएको छ, यसमा मेरो धेरै महत्वपूर्ण भूमिका छ, ‘एक दशकअघि सरकारी बैंक घाटामा थिए, अहिले ती बैंकहरु नाफामा छन्, यसले म खुसी छु,’ उनले कार्यक्रममा भने । बैंकहरुको पुँजी वृद्धिको कारण पनि धेरै सबल भएको र लगानी विस्तार गर्न समक्ष भएको धारणा राखे ।

    बैंकले नाफामा मात्रै ध्यान नदिनु : राष्ट्रपति भण्डारी

    कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरुलाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्थाले नाफामा मात्रै भन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वमा पनि जोड दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेकी हुन् ।

    उनले सरकार र बैंकहरुबीच एकअर्काको परिपुरक बन्नुपर्ने पनि धारणा राखिन् । ‘बैंकहरुले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्छ, बैंकहरुले भोग्नु परेका समस्यालाई समाधान गर्न सरकार तत्पर रहनुपर्छ, सरकार र बैंकहरु एक अर्कको परिपुरक बन्नु पर्छ,’ उनले भनिन् ।

    नेपाली अर्थतन्त्र आयातमा निर्भर रहेको बेला स्वाबलम्बी अर्थतन्त्र हुनु पर्ने उनको भनाइ छ । उनले साना तथा लघु उद्यम ९एसएमई०लाई जोड दिनुपर्ने र बैंकहरुले कर्जा प्रवाहमा पनि प्राथमिकता दिनु पर्ने उनको धारणा छ ।

    ‘स्वावलम्बी एवम् आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नुपर्छ, राष्ट्रको पुँजी निर्माण र परिचालन गर्न बैंकको भूमिका महत्वपूर्ण छ, उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्ने देखिन्छ, स्वदेशमै वस्तु उत्पादन गरी स्वदेशमा र निर्यात गर्न गर्न ध्यान दिनु पर्छ,’ उनले भनिन् । आर्थिक समृद्धिमका लागि रोजगारी पनि श्रृजना गर्नुपर्ने उनको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट