आज: २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्न थाल्यो, पुसमा ४९ हजार कित्ताकाट


  • चौतारीपाटी
  • २०७९ माघ ५, बिहिबार मा प्रकाशित १ साल अघि
  • १९६ पाठक संख्या
  • घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्न थाल्यो, पुसमा ४९ हजार कित्ताकाट

    367B408218B985F-icon.png
    Nepalhomes
    123
    2
    Shares
    facebook sharing buttonmessenger sharing button
    ABA03CF55D0FA7E-original_61218053_404735303590165_4746977904863215616_n.jpg

    काठमाडौं । घरजग्गा कारोबार बढ्नुका साथै स्थानीय तहहरुले जग्गाको वर्गीकरण गर्न थालेपछि कित्ताकाट पनि बढ्न थालेको छ ।

    मंसिरको तुलनामा पुसमा करिव १९ हजारले कित्ताकाट बढेको छ, यो संख्या ६२.१० प्रतिशत बढी हो ।

    पुस महिनामा देशभरी २१ हजार १९२ कित्ता टुक्रिएर ४९ हजार ४७४ कित्ता भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । मंसिरमा १३ हजार २२१ कित्ता टुक्रिएर ३० हजार ७२८ कित्ता पुगेको थियो ।

    यस्तै, भदौमा २१ हजार ८७७, अशोजमा १९ हजार १७८, कार्तिकमा २२ हजार ५६५ जग्गा कित्ताकाट भएको तथ्यांक छ ।

    सरकारले भूउपयोग नियमावली २०७९ जारी गरेर कित्ताकाटमा कडाई गरेपछि त्यसयता पुसमा भएको कित्ताकाट सबैभन्दा धेरै हो ।

    स्थानीय तहहरुले जग्गाको वर्गीकरण गरेर कित्ताकाट खुलेपछि देशैभरी कित्ताकाट बढ्न थालेको हो । अहिलेसम्म एक सयभन्दा धेरै स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्र पर्ने जग्गालाई कृषि र गैरकृषि भनेर बर्गीकरण गरिसकेका छन् ।

    त्यसो त पछिल्लो समय घरजग्गा किनबेच पनि बढ्न थालेको छ । नयाँ सरकार आएपछि घरजग्गा झन बढेको तथ्यांकले देखाउँछ । बैंकमा पनि लगानीयोग्य रकम बढ्दै जानु, कर्जाको ब्याजदर पनि घट्ने संकेत देखिनुले पनि रियलस्टेट बजार पुनः तात्न थालेको देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट