आज: २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

राजश्व संकलनको लक्ष्य १३खर्ब ४१अर्ब बाट १२ खर्ब ४५अर्बमा झार्यो


  • चौतारीपाटी
  • २०७९ माघ २९, आईतबार मा प्रकाशित १ साल अघि
  • २०२ पाठक संख्या
  • उप्रधान तथा अर्थमन्त्री पौडेलले १३ खर्ब ४१ अर्बको राजश्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका छन् । उनले चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।

    आईतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएका हुन् ।
    अर्थमन्त्री पौडेलले चालु बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको ल्याएका बजेट चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारेका छन् । उनले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताए ।

    अर्थमन्त्री पौडेलले चालु खर्चमा मिताव्ययिता कायम गरी खर्चलाई पुनःप्राथमिकिकरण गर्ने बताए । उनले चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ८४ करोय १६ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात ९३.०५ प्रतिशत खर्च हुने अनुमान सरकारले गरेका छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट