आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मूल्य स्थिर चाँदीको बढ्यो


  • चौतारीपाटी
  • २०८० भाद्र १, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • २६५ पाठक संख्या
  • काठमाडौं । शुक्रबार सुनको मूल्यमा स्थिरता आएसँगै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो । बिहीबार प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट