आज: २०८१ श्रावण ७, सोमबार | Mon, 22, Jul, 2024

लगातार बढेको सुनको भाउ आज स्थिर


  • चौतारीपाटी
  • २०८० भाद्र ८, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • १९१ पाठक संख्या
  • काठमाडौ । लगातार बढेको सुनको भाउ आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको थियो ।

    शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १ हजार ९१४.४१ डलरमा र चाँदी प्रतिऔंस २४.०५ डलरमा कारोबार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट