आज: २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक


  • चौतारीपाटी
  • २०८० भाद्र १२, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • १७५ पाठक संख्या
  • काठमाडौँ  ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।
    आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ ।
    लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ । लगानी समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा पाँच दशमलव ६१ र व्यापार शून्य दशमलव ८० अङ्कले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अङ्कले घटेका छन् ।
    त्यस्तै, बैङ्किङ दुई दशमलव १९, विकास बैङ्क २१ दशमलव १७, वित्त चार दशमलव ८८, जलविद्युत् ११ दशमलव ४१, उत्पादन तथा प्रशोधन ३१ दशमलव ४२, लघुवित्त शून्य दशमलव ६० र अन्य समूह तीन दशमलव १२ अङ्कले घटेको छ ।
    आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता चार दशमलव ८३ प्रतिशतले घटेको छ ।
    कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे  बैंक लिमिटेडको रु तीन करोड ६२ लाख दुई हजार छ सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको चार लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट