आज: २०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

८०० रुपैयाँले बढ्याे सुनकाे भाउ


  • चौतारीपाटी
  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित १ साल अघि
  • २९४ पाठक संख्या
  • काठमाडौ । नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ।

    बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो। ८०० रुपैयाँले बढ्याे सुनकाे भाउ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट